तालिबानले बमले हानेर उडाएको गौतम बुद्ध मूर्ति ६ वर्षपछि ढुङ्गा कपेर जस्ताको त्यस्तै बनाइयो (फोटो सहित)

एजेन्सी । पाकिस्तानको स्वात उपत्यकामा पुन भगवान गौतम बुद्धको प्रतिमा बनाइएको छ । इटलीको सरकारले आर्थिक सहयोगमा तालिबानले डाइनामाइट राखेर उडाएको भगवान बुद्धको प्रतिमा ६ वर्ष लामो प्रयासपछि दुरुस्त बनाइएको हो ।

सन् २००७ मा स्वात उपत्यकामा तहरिक ए तालिबान (पाकिस्तानी तालिबान)को बाक्लो प्रभाव थियो। त्यही क्रममा तालिबानले बुद्धको प्रतिमालाई ुइस्लाम विरोधीु घोषणा गरेको थियो । सन् २००७ मा केही आतंकवादीहरुले प्रतिमामाथि चढेर डाइनामाइटले उडाउने कोशिश गरेका थिए । तर त्यो बेला केबल प्रतिमाको अनुहारमा मात्रै क्षति पुगेको थियो ।

सन् २००९ मा स्वात उपत्यकामा पाकिस्तानी तालिबानको असर कम भएपछि फेरि यस प्रतिमाको निर्माणको कुरा सुरु भएको थियो ।

सन् २०१२ मा इटाली सरकारले स्वात उपत्यकमा रहेका पुरातात्विक महत्वका स्थलको संरक्षणमा ध्यान दिएको थियो । यसै क्रममा इटाली सरकारले पाँच वर्षभित्र २५ लाख युरो ९करिब ३२ करोड नेपाली रुपैयाँ० खर्च गरेको थियो । इटाली सरकारले यसै अभियानका क्रममा प्रतिमाका लागि पनि रकम उपलब्ध गराएको थियो ।

तालिबानका आतंकवादीरुले सन् २००१ मा गौतम बुद्धका दुई प्रतिमालाई डाइनामाइटले उडाएर तोडिदिएका थिए। यी मूर्ति तोड्न महिनौ लागेको थियो । अफगानी तालिबानलाई पछ्याउँदै पाकिस्तानमा पनि यस प्रतिमालाई भत्काउने कोशिश गरिएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार