काठमाडौं। खोटाङ्ग जिल्ला ऐसेलुखर्क गा.पा वार्ड न.४ घर भएका पासाङ तमाङ्ग बचाउ अभियानको निम्ति बि.एस.एस.जी ग्रुपले रु.५७,५०० आर्थिक सहयोग गरेको छ | ३ वर्ष अघिनै टाउको अप्रेसन गरिएको पासाङको पुन: मुटुको समेत अप्रेसन गर्नु परेको छ | घरको आर्थिक अवस्था नाजुक भएको भन्दै विरामीका बुबाले आर्थिक सहयोग गर्न अपिल गरे लगत्तै जलेश्वरीकै अभियन्ता माओदिप थुलुङ राईले “पासाङ तामाङ्ग बचाउ अभियान” तिब्र रुपमा संचालन गरेका थिए ।
मुटुको सबै भल्भ फेर्नु पर्ने भए संगै सहयोग अपिल गरे लगत्तै सजिना चाम्लिङको नेतृत्वमा उहाहरुकै समुह बि.एस.एस.जी बाट “पासाङ तामाङ्ग बचाउ अभियान” निम्ति सहयोग रकम प्राप्त भएको थियो | सहयोग रकम हस्तान्तरण गर्ने क्रममा बि.एस.एस.जी ग्रुपका पदादीकारीहरु अन्ना घले,सरोङ राई,बर्षा जी.आर र स्वयम सजिना राईले विरामी पासाङ तामाङ्गलाई रकम हस्तान्तरण गरेका हुन् | यसै विचमा “नयाँ नयाँ न्युज नेपाल” युट्युब च्यानल संचालक शिशिर भण्डारीले पनि साथ दिनु भएको थियो।
यसै विचमा हाल मलेसियामा रहनु हुने नवराज राई ले पनिले पनि रु.२५ सय ६ रुपैयाँ सजिना चाम्लिङको नाममा “पासाङ तामाङ्ग बचाउ अभियान” निम्ति पठाई दिनु भएको रकम पनि विरामीलाई सजिना चाम्लिङले हस्तान्तरण गरि सक्नु भएको छ।
सहयोग रकम आउने क्रम अझै जारी नै छ, तर चाइने जति रकम अझै अपुग छ यसर्थ अझै पनि सहयोगीमनहरुले तलको निम्न ठेगानामा सम्पर्क गरी सहयोग गर्न सकिन्छ । विरामी पासांगको हाल शहिद गङ्गालाल हृदयकेन्द्र अस्पताल महाराजगंजमा उपचार गरिदै छ ।
खातावालाको नाम : विमला तामाङ (Bimala Tamang)
खाता न.-166001089510
राष्ट्रिय बाणिज्य बैंक,चपली साखा, महाराजगंज काठमाडौं
SWIFT Code: RBBANPKA
फोन : 9803006632
विरामीको पिता हाल साउदीमा फुलकुमार तामाङ(Fulkumar Tamang)- 00966571492779 (इमो नम्बर)
अभियन्ता निरकाजी तामाङ हाल कतार (Nirkaji tamang)- 00974 33395486
म एडमिन तथा अभियन्ता : माओदिप राई (Maodip Rai)-9810120906
अभियन्ता : सजिना राई ( sajina rai)
भिडियो हेर्नुहोस :
यति बेला मलेसियाबाट दुखि प्रसादको नेतृत्व,कतारमा निरकाजी तामांग, साउदीमा विरामीको बुबा फुलकुमार तामांग लगायत धेरैको नाम छुटेको छ उहाहरुले आर्थिक सहयोग सकलन गरेर विरामीको निम्ति पठाईरहनु भएको छ |