एजेन्सी। भगवान शिवका भक्त विश्वभर नै छन्। जसको भगवानप्रति निकै श्रद्धा छ। उनीहरुको आस्थाको प्रमाणका रुपमा आज पनि भगवान शिव यो धरतीमा हुनुहुन्छ। भगवान शिव शेषनागका रुपमा मणिमहेश पर्वतको शिखरमा भक्तलाई दर्शन दिन्छन्। यो विषयको पुष्टि कयौं धार्मिक ग्रन्ध र विद्वानले पनि गरेका छन्।
भगवान शिवको चमत्कारको झलक भारतको चम्बा जिल्लास्थित मणिमहेश पर्वतमा देख्न सकिन्छ। जसलाई चम्बा कैलाशको नामले पनि चिनिन्छ। भगवान शिव यहाँ भक्तलाई साक्षात दर्शन दिनुहुन्छ।
मणिमहेश नामक पर्वत शिखरको शाब्दिक अर्थ हुन्छ, महेशको मुकुटमा जडित नागीना हो। विद्वानका अनुसार यो पर्वतमा शिव शेषनाग मणिका रुपमा विराजमान हुनुहुनछ। भगवानले यहाँबाट आफ्ना भक्तलाई आर्शीवाद दिइरहनुहुन्छ। यो पर्वतको दर्शनमात्र गर्नाले पनि मानिसको कष्ट हट्ने विश्वास गरिन्छ।
मणिमहेश पर्वतमा विराजमान भोलेनाथले साँझ र मध्यरातमा आफ्नो भक्तलाई दर्शन दिने गरेको जनविश्वास छ। भगवानको महिना यहाँ सूर्यास्तपछि देखिन्छ। सूर्यको किरण पर्वतमा पर्दा महादेवको आकृति बन्छ। यदि मैशम सफा छ भने भक्तले साक्षात भगवनाको दर्शन पर्न सक्छन्।
मणिमहेश पर्वत सधैं हिउँ र बादलले ढाकिएको हुन्छ। यो पर्वत श्रृंखला शिखरमा भगवान शिवको दर्शन पाउनु निकै दुर्भल क्षण हो। भगवान आफ्ना जो भक्तदेखि प्रशन्न हुनुहुन्छ, त्यस्ता भक्तलाई उहाँले मध्यरातमा दर्शन दिनुहुन्छ।