जनसंख्या ह्वात्तै घटेपछि बच्चा जन्माउनलाई सरकारले तीन लाख नगद पुरस्कार दिने !

टोकियो, २९ असार । जापानमा तीव्र रुप्मा घट्दै गएको जनसंख्या सरकारका लागि समस्या भएको छ ।

२००९ मा जापानको जनसंख्या १२ करोेड ८५ लाख थियो । यसमा गिरावट आएर हाल १२ करोड ७१ लाख भएको छ ।

२०१६ मा जापानमा करिब ९ लाख बच्चाको जन्म भएको थियो । मृत्यु पनि जन्मको तुलनामा तीन लाख बढी भएको छ ।

आगमी १० वर्षको अवधिमा जनसंख्या एक तिहाइले कमी हुने अनुमान गरिएको छ । यो समस्याको समाधनका लागि सरकारले विभिन्न प्रयास गर्दै आएको छ ।

जापानमा बच्चा जन्माएबाट सरकारले २ लाख ९६ हजार रुपैया प्रोत्सासहन स्वरुप दिने गरेको छ । जनसंख्या बढाउनका लागि सरकारले बजेटमा २ देखि ३ प्रतिशत बजेट छुट्याएको छ ।

जापानमा हाल बच्चा जन्माउने दर १.४४ छ । सरकार यसलाई बढाएर १.८ पुर्‍याउन चाहन्छ । -एजेन्सी

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार